क्यानेडियन नेवाः गुठिको १५औँ बार्षिक साधारण सभा तथा नयाँ कार्य समिति निर्बाचन कार्य सम्पन्न

टोरोन्टो, क्यानेडियन नेवाः गुठिको १५औँ बार्षिक साधारण सभा टोरोन्टो स्थित सेन्टेनियल पार्कमा सम्पन्न भएको छ।कार्यक्रमको उदघाटनको साथै उपस्थित सबैलाई स्वागत गर्नु हुदै गुठिका अध्यक्ष प्रकाश प्रधानले गुठिको बिधान अनुसार गत बर्ष गर्नुपर्ने सो साधारण सभा कोविदले गर्दा गर्न नसकेको तर यसपालि स्वास्थय नियम पालना गरि गरेको बताउनु भयो।कार्यक्रमको शुरुमा नेपाल तथा क्यानडाको राष्ट्रिय गानको धून सफल श्रेष्ठले गिटारमा प्रस्तुत गरेका थिए भने उत्तम माकजु,नरेश ताम्राकार र बिनोद श्रेष्ठको समूहले धिमे बाजा प्रस्तुत गरेका थिए।